News Portal

  • काँकरभिट्टामा भारतीय हस्तक्षेपविरुद्ध विद्यार्थीको प्रदर्शन

    रातोपोस्ट संवाददाता
    १५५८ पटक

    झापा। स्वतन्त्र विद्यार्थी युनियन काँकरभिट्टा बहुमुखी क्याम्पस र काँकरभिट्टा उच्च माबीका विद्यार्थीले शनिबार पूर्वी सीमा नाका काँकरभिट्टाबाट भारतले गरेको सीमा अतिक्रमण विरुद्ध प्रदर्शन गरेका छन् ।

    स्वतन्त्र विद्यार्थी युनियन काँकरभिट्टा बहुमुखी क्याम्पस र काँकरभिट्टा उच्च माबीकाे आयोजनामा भारतको विस्तारवादी नीति विरुद्ध चर्का नारा लगाउँदै सुरु भएको र्याली काँकरभिट्टा बजारका विभिन्न भागको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

    काँकरभिट्टा बजारमा आयोजित सभालाई सम्बोधन गर्दै काँकरभिट्टा क्याम्पसका स्वबियु सभापति सुरज सुबेदिले लिपुलेक, कालापानीलगायत नेपाली भूमिमाथि धावा नबोल्न भारतलाई चेतावनी दिए ।

    नेपाली झण्डा हातमा बोकेका विद्यार्थीले नेपालको सीमा क्षेत्र नमिच्न भारतलाई चेतावनीसमेत दिएका छन्। कोणसभामा नेपाल विद्यार्थी संघ (नेविसंघ)मेचीनगरका सचिब रुपक पराजुलीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)