News Portal

सिन्धुपाल्चोकमा पहिरो जाँदा ५ जना बेपत्ता

रातोपोस्ट संवाददाता
५५७ पटक

सिन्धुपाल्चोक, १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ को फुल्पिङकट्टीमा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । पहिरोले स्थानीय ग्याल्जेन शेर्पाको घर बगाउँदा उनकै परिवारका ५ जना पुरिएका हुन् ।

अहिले प्रहरी एवम् स्थानीयवासीहरु उद्दारमा खटिसकेको बताइएको छ । पहिरोले एक स्थानीय विद्यालयमा पनि क्षति पुर्‍याएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्