News Portal

  • पहिरोमा पुरिएर झापामा एक जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    ३२९ पटक

    झापा, साउन ७ । झापाको बुद्धशान्ति -७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ भने ३ जना सामान्य घाइते भएका छन् ।

    गएराति करीव १०:३० बजेतिर बुद्धशान्ति -७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर -९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो ।

    उनी ७ दिन अगाडि मामा घरमा पाउना आएका थिए । शव पोस्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

    पहिरोको कारण सोही ठाँउका थप दुई घर जाेखिम देखेपछि उनिहरूलाई स्थानीय चर्चमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)