News Portal

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४२७ पुग्‍यो

रातोपोस्ट संवाददाता
७०७ पटक

काठमाडौं,  असोज ५ । कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट आइतबार  १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्