रातोपोस्ट संवाददाता
काठमाडौं, असोज ५ । कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट आइतबार १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।