News Portal

योजना आयोगका पूर्वउपाध्यक्ष डा. शाक्यको निधन

रासस
६३० पटक

काठमाडौं । काेभिड – १९ (काेराेना भाइरस) का कारण राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट संक्रमित उनकाे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेकाे थियाे ।

डा. शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनी तत्कालीन अर्थमन्त्री डा रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए। आयोगको सचिव बनेका डा. शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव थिए । शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।

गत कात्तिक २० गते डा. शाक्य कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए । त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापका बिरामी डा शाक्यलाई पछिल्लो समय मिर्गौलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ ।  काठमाडौंको वटुटोल निवासी डा. शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्