News Portal

महिला लिग फुटबल आजदेखि सुरु

रातोपोस्ट संवाददाता
७३२ पटक

काठमाडौं, ७ माघ । राष्ट्रिय महिला लिग आजदेखी सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने खेलको उद्घाटन आज अपरान्ह २ बजे हुनेछ ।

उद्घाटन खेल दशरथ रंगशालामा सुरु हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागिता रहेको छ ।

तीन विभागीय टोलीसहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्