News Portal

हेटौँडामा रिक्सा चालकको ट्रकको ठक्करबाट मृत्यु

रातोपोस्ट संवाददाता
४३३ पटक

मकवानपुर, १३ फागुन । हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान पौने ६ बजे ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो। त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापश्चात ट्रक चालक फरार छन् । उनको खोजी हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुर प्रहरीका अनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा छ। परीक्षणका लागि शव हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ। रासस

प्रतिकृया दिनुहोस्