News Portal

जात व्यवस्था विरुद्ध गीत

रातोपोस्ट संवाददाता
५४२ पटक

काँकडभिट्टा, १६ साउन । झापा मेचीनगरका गायक एक्सिस रुचालले जात व्यवस्था विरुद्धको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
आफ्नै रचना र संगीतमा उनले गाएको ‘तिम्रो यादमा’ बाेलको गीतको म्युजिक भिडियो आइतवार मेचीनगरमा सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा एक्सिस आफैले अभिनय गरेका छन्। उनको को एक्टरको रुपमा छिन् रितिका योगी । परिवर्तन थिएटरका कलाकार लोमश पौडेललगायतको अभिनय छ ।
नाट्यकर्मी एञ्जल खड्काले निर्देशन गरेको भिडियोलाई अनिष वस्नेतले खिचेका छन्। खड्काको निर्देशन र वस्नेतको सिनेमाट्रोग्राफीलाई रामचन्द्र पौडेलले सम्पादन गरेका छन्।
म्युजिक भिडियोको कथा निर्देशक खड्काले नै तयार पारेका हुन्। दलित र गैरदलितवीचको प्रेम सम्वन्धलाई परिवार र सिंगो समाजले कसरी वर्जित गर्छ भन्ने कुरा भिडियोको मुल कथाको रुपमा अभिव्यक्त गरिएको छ । ‘जात व्यवस्थाले गाँजेको नेपाली समाजको वास्तविक चित्र भिडियोमा देखाउन खोजिएको छ’, निर्देशक खड्काले सुनाए,‘त्यही कारण मनोरन्जन संगै चेतनामुलक पनि छ यो भिडियो ।’
करिव साढे ४ मिनेट लामो भिडियोको सम्पादन ओएशिस स्टुडियोले गरेको हो । काँकडभिट्टाको एडी रेकर्डिङ स्टुडियोमा गीत रेकर्डिङ भएको हो । मेचीनगरकै विभिन्न पर्यटकीय गन्तव्य र आसपासमा भिडियो खिचिएको छ ।

प्रतिकृया दिनुहोस्