News Portal

  • नेपाललाई यूएईले दियो ३११ रनको लक्ष्य

    रातोपोस्ट संवाददाता
    ११५ पटक

    काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ।

    काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३ सय १० रन बनाएको हो। यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे। उनले ४२ बलमा १०१ रन बनाए।

    त्यस्तै भृत्य अरविन्दले ९४, मुहम्मद वासीमले ६३ र रोहन मुस्ताफाले २० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक-एक विकेट लिए।

    लिग-२ का सात टोलीमध्ये शीर्षस्थानमा रहेका स्कटल्यान्ड र ओमन विश्वकप क्वालिफायरमा छनोट भइसकेका छन्। तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ। चौथो स्थानमा रहेको नेपालको ३८ अंक रहेको छ। आजको खेल जितेमा नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)