News Portal

२२ माघदेखि गौरादह – ५ मा एचपिभी खोप अभियान सञ्चालन हुने

रातोपोस्ट संवाददाता
४९ पटक

झापा, १८ माघ । झापाको गौरादहमा एचएभी खोप अभियान सञ्चालन गरिने भएको छ । गौरादह वडा- ५ मा माघ २२ गतेदेखि माघ २७ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो। महारानीझाैडाका स्वास्थ्य चौकीका प्रमुख बिजुना भट्टराईले एक सुचना जारी गर्दै अभियान बारे जानकारी गराएकी हुन।

अभियान माघ २२ गते मकालु बोर्डिङ स्कुलमा, माघ २३ गते स्कुलचौन माविमा, माघ २४ गते भद्रकाली मावी, सूर्यकिरण बोर्डिङ र बाल बिधामा हुने छ । त्यसैगरी माघ २५ गते जनता मावि र २७ गते महारानीझोडा स्वास्थ्य चौकीमा हुने सुचनामा जनाइएको छ ।

जसको संयोजन बिजुना भट्टराई, मिलन भण्डारी, कल्पना निरौला र कमला पोखरेलले गरेका छन । सुचनामा विधालय नजाने १०– १४ वर्ष सम्मका किशोरीहरुले आफुलाई पायक पर्ने खोप केन्द्रमा खोप लिन अनुरोध गरिएको छ । त्यसैगरी विधालय जाने कक्षा ६ देखि १० कक्षा सम्मका छात्राहरुले आफ्नो विधालयमा खोप लगाउन अनुरोध गरिएकाे छ । अभियानले वडामा रहेका ७ सय ८२ जना छात्रा लाभान्वित हुने छन् ।

प्रतिकृया दिनुहोस्