News Portal

वीरगञ्जमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो

रातोपोस्ट संवाददाता
८७५ पटक

काठमाडौं। वीरगञ्जमा बुधबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो।

वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।

प्रतिकृया दिनुहोस्