News Portal

बुटवलमा गाेली चल्याे, एकजना घाइते

रातोपोस्ट संवाददाता
७२६ पटक

बुटवल,२१ मंसिर। बुटवलमा गाेली चल्दा एकजना घाइते भएका छन्। बुटवल उपमहानगरपालिका–७ स्थित एक होटलमा गोली चल्दा एकजना घाइते भएका हुन्। विशेष सुराकीको आधारमा सुख्खानगरको एक होटलमा गैंडाको खागसहित मानिस बसेको थाहा पाएर त्यहाँ प्रहरी पुगेपछि गोली चलेको हो।

तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हान्दा उनकै समूहका राकेश न्यौपानेलाई गोली लागेको हो।

सुख्खानगरस्थित कलश होटलको कोठा नम्बर ५ मा बसेका तस्कर समूहलाई पक्राउ गर्न पुगेको प्रहरीकै हतियार खोसेर गोली हान्दा एकजना घाइते भएको स्रोतको दाबी छ।

उनी गम्भीर घाइते भएको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले अन्य दुईजनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्