News Portal

मुठभेडकै मुडः अब ओली–प्रचण्डबीच वान टु वान वार्ता नहुने

रातोपोस्ट
६८१ पटक

काठमाडौं, २७ । मंसिर बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच भेट भयो । करिब एक महिनापछि झण्डै डेढ घण्टा भएको छलफलबारे बिहीबार आफू निटक बाग्मती प्रदेशस्तरीय नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको ब्रिफिङअनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन ।

‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु छ भने विश्वास पात्र जो छ, उहाँ मार्फत् आउनुहोला, हाम्रो भेट कमिटीका बैठकमा मात्रै हुनेछ,’ प्रचण्डले भनेका थिए, ‘ओलीजीको बुहार्तन धेरै भयो, पार्टी कमिटीबाटै निर्णय गरेर जाऔँ ।’

अध्यक्षद्वय एक्लाएक्लै संवादमा बस्न नसक्ने स्थिति आएपछि पार्टीको भविष्य दोस्रो पुस्ताको काँधमा छ तर उनीहरुसमेत अध्यक्षद्वयलाई मिलाउन सक्रिय छैनन् । बरु दुवै पक्ष तल्ला कमिटीसम्म आफ्नो कुरा राख्न उद्यत छन् । दुवैतिरका जनवर्गीय संगठन र प्रदेश कमिटीहरुको पनि गोप्य र खुलमखुला भेला भइरहेका छन् । यसरी समानान्तर छलफल हुनुको पछाडि अब पार्टीमा बहुमतकै निर्णय हुन्छ र तल्ला कमिटीका आफ्ना निकटस्थलाई मानसिकरुपमा तयार पार्नुपर्छ भन्नेमा उनीहरु पुगेको देखिन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्