News Portal

विश्व वातावरण दिवसका अवसरमा आम्दा मेची अस्पतालमा बृक्षारोपण

रातोपोस्ट संवाददाता
९६६ पटक

झापा, २२ जेठ । झापाकाे मेचिनगर स्थित आम्दा मेची अस्पतालमा बृक्षारोपण गरी हाम्रो अभियान झापा र नवीन युवा क्लबले विश्व वातावरण दिवसका मनाएको छ। शनिबार विश्व वातावरण दिवसकाे अवसरमा हाम्रो अभियान झापा र नवीन युवा क्लबले संयुक्त रुपमा आम्दा मेची अस्पतालमा बृक्षारोपण गरी विश्व वातावरण दिवसका मनाएको हाे ।

जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण गरी हाम्रो अभियान र क्लबले अस्पताल परिसर बृक्षारोपण गरेकाे छ । विश्व वातावरण दिवसका सन्दर्भमा ‘नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुनर्स्थापना’ भन्ने अभियानका साथ बृक्षारोपण गरिएको जनाएको छ ।

विश्व वातावरण दिवस “सुरक्षित जीवनको लागि जैविक विविधता” भन्ने नाराका साथ नेपाल लगाएत विश्व भर मनाइदै छ । हाम्रो अभियान झापा संयाेजक नरेश महराले कोरोना महामारीको बेला वातावरण संरक्षण गर्नु आवश्यकता देखिएकोले सवैले दीगो र सन्तुलित विकासमा जोड दिदै प्रकृति संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

वृक्षारोपण कार्यक्रममा मेचि उधोग बाणिज्य संघकातर्फबाट महासचिब ध्रुब कनाल र जागृत बाल उद्धार गृहबाट बिकास देबकोटाकोले समेत संस्थागत रुपमा सहभागिता रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्