रातोपोस्ट संवाददाता
झापा, २७ फागुन । पाँचौँ झापा गोल्ड कपको फाइनल चरण प्रवेशका लागि आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लबले प्रतिष्पर्धा गर्दैछन् ।
विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज आर्मी र सातदोबाटो भिड्न लागेका हुन् । तीन पटकको च्याम्पियन आर्मी र प्रतियोगितामा लयमा रहेको सातदोबाटो बिच कडा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । यी दुई टिमको खेल दिउँसो २:३० बजे देखि हुने आयोजकले जनाएको छ ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ ।