झापा, ३१ बैशाख । अर्जुनधारा नगरपालिकामा स्थानीय निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि सर्वदलीय बैठकबाट बिहानको ११ बजेबाट सुरु गर्ने सहमति भएको थियो । तर, १२ बजेर १५ मिनेट बितिसक्दा पनि मतगणना सुरू हुन सकेकाे छैन । हिजो निर्धारित समयमै सुरक्षित तवरबाट मतदान कार्य सम्पन्न भए पनि मतगणना भने हुन सकेको थिएन । ११ वटै वार्डबाट मतपेटिका ल्याउने क्रममा १० नम्बर वडाको मतपेटिकामा केही त्रुटि भएपछि मतगणना हुन नसकेको हो । मतपेटिका ल्याउने क्रममा वडा नम्बर १० को एउटा मतपेटिकाको एकापट्टिको सिल चुट्टिएको पाइएपछि अन्योल सिर्जना भएको थियो । मतगणना स्थलमा बस्ने दलीय प्रतिनिधिहरुको नागरिकता, परिचयपत्रलगायत कागजात व्यवस्थित गर्ने कार्य भइरहेकाले समय लागेको बताइएको छ । बैठकले वडा नम्बर १ बाट मतगणना सुरु गर्ने निर्णय लिएको थियो । अहिले नगरपालिका बाहिर वरपर पार्टी कार्यकर्ता तथा मतदाताहरुको भीड लागेको छ । यस नगरमा ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । समग्रमा ७१ दशमलव ६८ मत खसेको छ ।
- बैशाख २९ देखि काँकरभिट्टामा ‘दोस्रो झापा महिला प्रिमियर लिग’
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- चलचित्र ‘मनसरा’ आजदेखि देशभर प्रदर्शन
- भाेलि वाइसिएल झापाको जिल्ला सम्मेलन हुँदै
- थोप्लेविरानमा तीन दिने उद्घोषण तथा माइन्यूट लेखन तालिम सम्पन्न
- मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु
- झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस
- मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन
- हिमालयन एकाडेमी सुपर सिक्स क्रिकेटको आज फाइनल खेल हुँदै
- सुपर सिक्स क्रिकेट प्रतियोगितामा धुलाबारी टाइगर्स च्याम्पियन