झापा, १४ असार । जब घर–आँगनमा पानी पस्छ, त्यही बेला डुबानमा परेका पीडित स्थानीयको चेत खुल्छ । अनि हारगुहार गर्न थाल्छन्– ‘घर आँगनमा पानी पस्यो कसैले हाम्रो समस्या सुनिदिएन’ । अनि गाली गर्छन् आफैले भोट दिएर जिताएका जनप्रतिनिधिलाई । उनीहरूको आक्रोश राजनीतिक दलका नेता र स्थानीय पालिकामाथि पनि त्यतिकै छ ।
पूर्व तयारीसँगै दीर्घकालीन समस्या समाधानमा खासै चासो देखाएका जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू पनि यस्तो विपद्मा गरुन् त के गरुन् ? उनीहरू पनि हुल बाँधेर डुबान र जलमग्नमा परेका पीडितहरूको घर–आँगन पुग्छन् । स्थलगत अनुगमन गर्छन् । पीडितहरूलाई आश्वासन बाँड्छन् । राहत पनि दिन्छन् । अनि आज ठुलो काम गर्यो भनेर जनप्रतिनिधि, नेता तथा तिनका कार्यकर्ताहरू छाती फुलाएर हिडँछन् । अनि पीडामा परेका स्थानीय घर आँगनको तस्बिर सामाजिक सञ्जालमा हाल्छन् । जब मनसुन सकिन्छ । डुबान र जलमग्नमा परेका पीडित स्थानीयसँगै जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरू सबै त्यो दिनको पीडा बिर्सिन्छन् । अनि पुरानै कार्य व्यस्ततामा फर्किन्छन् । अनि इन्तिजार गर्छन् अर्को मनसुनको । हरेक मनसुनमा यस्तै गतिविधिले निरन्तरता पाइरहेको छ ।
झापामा भारी बर्षा : तटबन्ध र ढल निकास नहुँदा जतात्यतै जलमग्न
रातोपोस्ट संवाददाता
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
- झापामा पेसागत महासघंले मनायाे मजदुर दिवस
- मेचीनगरमा आजदेखि हिमालय एकाडेमी सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु
- मेचीनगरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता उद्वघाटन
- बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
- सुपर सिक्स क्रिकेटकाे फाइनल खेल शनिबार हुने
- आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
- भेलु बाजेको निधन