News Portal

आज पृथ्वीनारायण शाहको जन्मजयन्ती, झापा विभिन्न कार्यक्रम गरि मनाइँदै

रातोपोस्ट संवाददाता
४० पटक

झापा, २७ पुस । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यो वर्ष पृथ्वीनारायणको ३०३औँ जन्मजयन्ती मनाउन लागिएको हो ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सीमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज झापामा विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा झापाकाे मेचीनगरमा विधार्थी संगठनले कविता प्रतियोगिता आयाेजना गरेकाे छ भने विर्तामोड, हल्दिवारी, दमक, अर्जुनधारमा विभिन्न कार्यक्रम गरि मनाईने राप्रपा पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्