रातोपोस्ट संवाददाता
झापा, ६ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर १ (क)मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य ‘क’ का उम्मेदवार गोपाल तामाङले पुन: अग्रता कायम गरेका छन् । उनले एमालेका उम्मेदवार रविन काेईरालालाई १ हजार ३७ मतले पछि पारेका हुन् ।
१५ हजार ५० मतको गणना सकिँदा तामाङले ६ हजार ९ सय ७ मत पाएका छन् । एमालेका काेइरालाले ५ हजार ८ सय ७० मत पाएका छन् ।