News Portal

बौद्वमोड स्कूलद्वारा निशुल्क आँखा शिविर सञ्चालन

रातोपोस्ट संवाददाता
३५९ पटक

झापा, २ पुस । झापाकाे मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालय परिषरमा आयोजित शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीयहरुले आँखा परीक्षण गराएका थिए ।

शिविरमा मेची नेत्रालयको प्राविधिक सहयोग रहेको थियो भने हेल्पिङ ह्यन्ड्स सामुदायिक अस्पताल काठमाडौंले आँखाका विरामीहरुको लागि आवश्यक चश्मा निशुल्क उपलब्ध गराएको थियो । शिविरमा अस्पतालले आँखामा जटिल समस्या भएकाे र शल्यक्रिया गर्नु परेमा विरामीलाई निशुल्क शल्यक्रिया समेत गरिदिने भएको छ ।

शिविरमा मेचीनगर- २ का वडा अध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा विशेष अतिथि श्रदेय आश्रम धुलाबारीकी प्रमुख प्रभारी महात्मा सुवर्ण बाइजी, नेपाल मानव धर्म सेवासमिति धुलाबारीका अध्यक्ष दशरथ राईलगायतले बोलेका थिए । कार्यक्रमको औचित्यमाथि विद्यालयका सञ्चालक सचिन निरौलाले प्रकाश पारेका थिए । विद्यालयकी प्रिन्सिपल भावना राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहयक प्रिन्सिपल रोषन घिमिरेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्