News Portal

मेचीनगरकाे सहकारी समन्वय संयोजकमा विपी भट्टराई चयन

रातोपोस्ट संवाददाता
२९२ पटक

झापा, २० पुस । झापाकाे मेचीनगर- ९ धुलाबारी स्थित मेचीनगर साकाेसाकाे भवनमा बुधबार सम्पन्न भेलाले मेचीनगर सहकारी समन्वय समिति गठन गरेको छ ।

क्रियाशील सहकारीका प्रतिनिधि सहभागी भेलाबाट विपी भट्टराईको संयोजकत्वमा ११ सदस्यीय सहकारीको नगर समिति निर्माण गरिएको हो । जिल्लाबाट उनलाई यसअघि नै नगरको संयोजक तोकिएको थियो ।

समितिको सह-संयोजकमा हिम्मत क्षेत्री, सचिवमा राजु दाहाल, सहसचिवमा होमराज गुरुङलाई चयन गरिएकाे छ । भेलाले समितिको सदस्यमा कुवेर पौडेल, नगेन्द्र काफ्ले, शिव पोखरेल, राधा प्रधान, जानुका ओली, रुपा पौडेल र जगन भट्टराई चयन गरेकाे छ ।

मेचीनगरमा ५७ वटा सहकारी सञ्चालित छन् । ती सबै सहकारी जिल्ला सहकारी संघमा दर्ता छन् । सहकारी क्षेत्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समन्वय समितिले भूमिका खेल्ने बताइएको छ । कार्यक्रमकाे अध्यक्षता जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रले गरेका थिए भने सञ्चालन विपी भट्टराईकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्