News Portal

अन्तर्राष्ट्रिय युवा उद्यमी सम्मेलन सुरु

रातोपोस्ट संवाददाता
९४७ पटक

काठमाडौं : युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी काठमाडौंमा तेस्रो युथको ल्याब र चौथो राष्ट्रिय सामाजिक उद्यम प्रतियोगिता सुरु भएको छ। युएनडिपी नेपालको सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन), राष्ट्रिय युवा परिषद् र युनुस सोसियल विजनेस सेन्टर किङ्स कलेजको आयोजना बुधबारबाट प्रतियोगिता सुरु भएको हो।

श्रममन्त्री विष्टले नेपालजस्तो विकासोन्मुख राष्ट्रमा युवाहरूको व्यवसायिक कृयाशिलताबिना देश विकास सम्भव नहुने बताए। ‘युवालाई व्यवसाय गर्न सहज वातावरण बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘युवाहरूका नविनतम् सोचलाई सरकारले सहयोग गर्छ।’ राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण सिर्जना गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे।

आयोनले सातवटै प्रदेशबाट सात सयभन्दा बढी युवाहरूलाई तालिममा सहभागि गराई उत्कृष्ट दश युवा उद्यमीको छनोट गरेको थियो। युवा उद्यमीको नेतृत्व विकास, सृजनशीलता, सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरी कार्यक्रम आयोजना गरिएको आयोनले जनाएको छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)