News Portal

राष्ट्रिय युवा संघ तीन सय ३५ सदस्यीय हुने

रातोपोस्ट संवाददाता
९५२ पटक

काठमाडौं। साविक एमालेको भातृ संगठन युवा संघ नेपालमा र नेकपा माओवादीको भातृ संगठन वाइसिएलबीच एकता भएकाे छ । एकतापछि बनेको राष्ट्रिय युवा संघले केन्द्रीय समितिमा ३ सय ३५ सदस्यीय बनाउन पार्टीसँग अनुमति मागेको छ ।

युवा संघका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलबीच समझदारी पछि जारी गरिएको प्रेस विज्ञप्ति अनुसार ३३५ सदस्यीय केन्द्रीय समितिमा तत्कालीन युवा संघका १७६ र वाईसीएलका १५५ जना रहनेछन् । चार सदस्य पछि मनोनित गरिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, केन्द्रीय समितिको एक तिहाइ सचिवालयमा युवा संघबाट ५७ र वाईसीएलबाट ५२ जना रहनेछन् । ९ सदस्यीय केन्द्रीय कार्यालयमा युवा संघका ५ र वाईसीएलका ४ सदस्य रहने सहमति भएको छ ।

सात प्रदेशमध्ये तत्कालीन युवासंघले ४ र वाईसीएलले तीन जिल्लाको नेतृत्व गर्ने तथा ७७ मध्ये ४२ जिल्लाको नेतृत्व युवा संघ र ३५ जिल्लाको नेतृत्व वाईसीएलले पाउने सहमतिसमेत भएको छ ।

एकता प्रकृया टुंग्याउन शुक्रबार दुवै संगठनका साविक पदाधिकारीको संयुक्त बैठक र पदभार ग्रहणको कार्यक्रम राखिएको संघले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ । सोही दिन कार्यालय उद्घाटन् समेत हुने जनाइएको छ ।

 

 

प्रतिकृया दिनुहोस्