News Portal

प्रधानमन्त्री ओली अस्पताल भर्ना

रातोपोस्ट संवाददाता
११८७ पटक

काठमाडौं। दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

२१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको मिति तय भएको छ। त्यसका लागि प्रधानमन्त्री ओली अहिले अस्पताल पुगेका हुन्।

करीब १२ वर्ष पहिले पहिलोपटक प्रत्यारोपण गरेको ओलीको मिर्गाैलाले राम्रोसँग काम नगरेपछि पछिल्लोसमय उनले नियमित डायलासिस गराउँदै आएका थिए।

प्रधानमन्त्रीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।

प्रतिकृया दिनुहोस्