News Portal

आर्मीलाई हराउँदै माइभ्याली फाइनलमा

रातोपोस्ट संवाददाता
४१३ पटक

काठमाडौं । इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपमा आयोजक टोली माइभ्याली फुटबल क्लबसँग विभागीय टोली नेपाल आर्मी क्लब पराजित भएको छ।

बिहीबार भएको सेमिफाइनल खेलमा आर्मीलाई घरेलु टोली माइभ्यालीले सडेन डेथमा ५–४ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलमा २० मिनेटको समय थप गरिएको थियो । उक्त थप समयमा पनि खेल १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको हो । जसमा घरेलु टालीले बाजी मार्‍यो ।

यसअघि खेलको ३३ औं मिनेटमा माइभ्यालीका करण राईले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए। तर, खेलको दोस्रो हाफ र थप गरिएको समयमा कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

अब घरेलु टोलीले उपाधिका लागि लिग च्याम्पियन क्लब मछिन्द्रको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिकृया दिनुहोस्