News Portal

आज ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

रातोपोस्ट संवाददाता
८४६ पटक

काठमाडौं। मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ।  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।  

नेपालले यस वर्ष  ‘समानताको पुस्ता: अन्त्य गरौं हिंसा, विभेद र असमानता’ राष्‍ट्रिय नारा तय गरेको छ।

११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा राष्ट्रप्रमुख, राजनीतिक दलका शीर्ष नेतालगायतले शुभकामना दिएका छन्।

नेपालको संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायत अधिकार सुनिश्‍चित गरेको छ।

सरकारले यस वर्षको नारी दिवसको औपचारिक कार्यक्रम स्थगित गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विज्ञप्ति निकालेर ‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनालाई विचार गरी बृहत् भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम गर्न उपयुक्त नभएकाले र्‍यालीसहितको साझा अभियान कार्यक्रम स्थगित गरिएको जनाएको छ।

मन्त्रालयले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा औपचारिक कार्यक्रमको तयारी गरेको थियो।

प्रतिकृया दिनुहोस्