News Portal

आज ३ बजे उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक

रातोपोस्ट संवाददाता
४६१ पटक

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बैठक आज ३ बजेलाई बोलाइएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले बैठक बोलाएका हुुन् ।

संसदमा प्रतिनिधित्व गर्ने चारवटा दलका शीर्ष नेतालाई बोलाईएको पोखरललेका सचिवालयले जनाएको छ ।

कोरोनाले विश्वव्यपी रुप लिइरहेको बेला संक्रमणसँग लड्न सरकारले पूर्व तयारीलगायत विषयमा छलफलका लागि बैठक बोलाइएको बताइएको छ ।

सरकारले कोरोनाभाइरससँग जुध्न तथा पूर्व तयारी र अन्य दलका सुझाव लिन पोखरेलले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रतिकृया दिनुहोस्