News Portal

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधन, बिहीबार देशभरका अदालत बन्द रहने

रातोपोस्ट संवाददाता
८३५ पटक

काठमाडौँ।  सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधन भएको छ । ८७ वर्षीय श्रेष्ठको बुधबार(आज) बिहान उपचारको क्रममा निधन भएको हो ।

सुगर र प्रेसरले चापेपछि श्रेष्ठलाई हिमाल अस्पताल नक्सालमा अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठ २०५४ साल असोज १ गतेदेखि ५४ साल चैत २९ सम्म नेपालका ११औँ प्रधानन्यायाधीश भएका थिए।

वि.स. १९८९ चैत ३० गते धनकुटामा जन्मिएका श्रेष्ठ २०१६ सालदेखि सरकारी सेवामा अधिकृतका रुपमा प्रवेश गरेका थिए। उनी अञ्चल न्यायाधीश, मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए।

उनको निधनमा दुःख व्यक्त गर्दै बिहीबार देशभरका अदालतमा बिदा दिने निर्णय गरेको सर्वोच्च अदालदतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्