News Portal

उद्योग बन्द गरी कामदारलाई बिदा दिन महासंघको अपिल

रातोपोस्ट संवाददाता
५५० पटक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग प्रतिष्ठान बन्द गर्न सम्पूर्ण उद्योगीहरुलाई अपिल गरेको छ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले ‘लक डाउन’ गर्ने निर्णय गरेसँगै महासंघले सम्पूर्ण उद्योग प्रतिष्ठान बन्द गरी कर्मचारीलाई बिदा दिन आग्रह गरेको छ।

नेपालभर कोरोना फैलन सक्ने सम्भावना देखी त्यसको रोकथाम, नियन्त्रण तथा निर्मुल गर्न सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म अत्यावश्यक सेवामा संलग्नबाहेक कोही घर बाहिर निष्कन नपाउनेलगायतका निर्णय गरेकाले त्यसलाई सहयोग गर्न महासंघले आग्रह गरेको हो।

महासंघले कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सबै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई पनि अपिल गरेको छ।

 

प्रतिकृया दिनुहोस्