News Portal

नेपालमा थप एक जनामा काेराेनाकाे संक्रमण देखियाे

रातोपोस्ट संवाददाता
४८९ पटक

काठमाडौं । नेपालमा फेरि कोरोनाको संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

यो सँगै नेपालमा संक्रमितको संख्या तीन पुगेको छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्