News Portal

सूचना-प्रविधि नेपाल टेलिकमले सुरु गर्‍यो शतप्रतिशत बोनस सेवा

रातोपोस्ट संवाददाता
६५४ पटक

काठमाडौं।  नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गरको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार टेलिकमले बुधबारबाट यो सेवा सुरु गरेको हो।

प्राधिकरणले मंगलबार मात्रै रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गर्न निर्देशन दिएको थियो।

अब टेलिकमका सेवाग्राहीले जति रिचार्ज गर्छन् त्यति नै बोनस पाउनेछन्। टेलिकमको यो सेवा बुधबार दिउँसोबाट सुरु भएको छ।

प्रतिकृया दिनुहोस्