News Portal

अमेरिकामा ज्यान गुमाउनेकाे संख्या ४५ हजार नाघ्यो, ८ लाख भन्दा बढी संक्रमित

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडौं । करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ७१५ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार २२९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४२८ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १७ हजार १८७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८२ हजार ८६० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ८९ हजार ९८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।

विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ छ। संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ, भने  ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन्।

प्रतिकृया दिनुहोस्