News Portal

दल दर्ताको लागि जनता समाजवादीका नेता निर्वाचन आयोगमा

रातोपोस्ट संवाददाता
५०२ पटक

काठमाडौँ । राजनीतिक सरगर्मीबीच दुई पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी, बीच एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै आफ्नो पार्टीलाई सम्भावित फुटबाट जोगाउन दुई दलबीच एकता भएको हो।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, वीरेन्द्र ठाकुर, दीपक राई, मिथिलेश कुमार सिंह, फणिन्द्र देवकोटा, केशव अर्याल र नारायण खरेल निर्वाचन आयोग पुगिसकेका छन् ।

नेताहरुले पार्टी एकताबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको र पार्टी दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । अन्य नेताहरु पनि आयोग आउने क्रम जारी रहेको उनीहरुले बताए ।

लकडाउनका कारण कर्मचारीहरु आउन ढिलाइ भएका कारण उनीहरुको पनि प्रतिक्षा भइरहेको नेताहरुको भनाइ छ ।

पार्टी फुटको बारेमा प्रश्न गर्दा नेताहरुले आज आफूहरुको मात्र पार्टी दर्ता हुने स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्