News Portal

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नजिक, २८ लाख संक्रमित

रातोपोस्ट संवाददाता
७२२ पटक

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ९७ हजार १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

संक्रमितको संख्या भने २८ लाख २७ हजार ८ सय १४ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना उपचारपछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख २३ हजार ६ सय १२ जना संक्रमित हुँदा ५२ हजार १ सय ९ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जना संक्रमित हुँदा २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुग्दा मृतकका संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।

फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित छन् भने २२ हजार २ सय ४५ जनाकोे मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ५४ हजार ९ सय ९९ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ जना संक्रमित हुदा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्