News Portal

ईपीएस पास गरेकाहरु कोरिया जान पाउने सरकारको निर्णय

रातोपोस्ट संवाददाता
८५७ पटक

काठमाडौं। सरकारले ईपीएस मार्फत नेपाली श्रमिक कोरिया जान खुला गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले ईपीएस मार्फत कोरिया जाने कामदारलाई पठाउन सहजीकरण गर्ने निर्णय गरेको हो। कोरिया र नेपाल सरकारको समन्वयमा कामदार कोरिया पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

यस्तै, मन्त्रिपरिषद्को बैठकले मुलुकभर कोरोना जोखिम न्यूनिकरण अपनाइएको लकडाउनको समय २५ गतेसम्म बढाएको छ। डा. खतिवडाका अनुसार बाह्य जगतबाट हुने कोराना जोखिम न्यूनिकरण गर्न सिमानाका भने वैशाख ३१ गते मध्यरातिसम्म बन्द गरिनेछ।

प्रतिकृया दिनुहोस्