News Portal

आज नेकपा सचिवालय बैठक तीन बजे बस्दै

रातोपोस्ट संवाददाता
१२६९ पटक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। भोलि बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो।

आज तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए। श्रेष्ठका अनुसार भोलि ११ बजे स्थायी समितिको बैठकका एजेण्डा बारेमा छलफल हुनेछ।

पार्टीलाई एक ढिक्का बनाएर लैजाने गत बैशाख २० गतेको सचिवालयले निर्णय गरे पनि शीर्ष नेताको कुरा मिल्न नसक्दा भोलि स्थायी समितिमा पेश हुने एजेण्डा पनि अझै तय भै नसकेको सचिवालयका एक सदस्य बताउँछन्।

हिजो प्रधानमन्त्री तथा पर्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको थियो। सचिवालय बैठकको निर्णय कार्यन्वयनसम्बन्धी प्रस्ताव निर्माणमा सोमबार र मंगलबार दुई अध्यक्षबीचको वार्ता धेरै सकारात्मक नभएपछि दाहाल–नेपाल समूह आसन्न स्थायी कमिटी बैठकको रणनीति निर्माणमा जुटेको छ।

बैठककै तयारीका लागि भन्दै दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु आइतबारदेखि नै लगातार परामर्शमा थिए। पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव चुलिएको छ।

दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रमक भएका छन्।

प्रतिकृया दिनुहोस्