News Portal

लिपुलेक प्रकरणमा विरोधमा उत्रिँदा पक्राउ परेका सबै रिहा

रातोपोस्ट संवाददाता
५३२ पटक

काठमाडौँ। लिपुलेकमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका ३५ जनालाई प्रहरीले रिहा गरेको छ।

साथै प्रहरीले पक्राउ परेका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई पनि प्रहरीले छाडेको छ। उनीहरु पनि विरोध प्रदर्शनकै क्रममा पक्राउ परेको भएपनि प्रहरीले भने लकडाउन उल्लंघन गरेकाले पक्राउ गरेको दावी गरेको छ।

नेपालको भूमि लिपुलेक हुँदै भारतले शुक्रबार एकतर्फी रुपमा सडक उद्घाटन गरेपछि त्यसको विरोधमा राजधानीको माइतिघर मण्डलाका साथै भारतीय दुतावास अगाडि विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए।

मेट्रो प्रहरीका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार प्रहरीले अहिले सबैलाई छाडिसकेको छ।

प्रतिकृया दिनुहोस्