News Portal

नेपालमा ४ जना पत्रकारलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
६३२ पटक

काठमाडौं। नेपालमा ४ जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । मंगलबार पर्सामा संक्रमण देखिएका ३९ जनामध्ये चार जना पत्रकार हुन् ।

नारायणी उप क्षेत्रीय अस्पतालका प्रमुख डा.मदन उपाध्यायका अनुसार विगतमा संक्रमित व्यक्तिहरुसँग भेटघाट भएको खुलेपछि परीक्षण गर्दा चार जना सञ्चारकर्मीको रिपोर्ट समेत पोजेटिभ आएको बताए ।

पर्सामा राहत बाड्न खटिएका एक युवकबाटै धेरैलाई संक्रमण फैलिएको आशंका गरिएको छ । एकै परिवारका १७ जनामा त्यहाँ संक्रमण देखिएको छ । नेपालमा एक सय ९१ जनामा संक्रमण देखिएकोमा जसमध्ये ६४ जना पर्साका छन् ।

प्रतिकृया दिनुहोस्

0ur team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
सम्पर्क नम्बर (९८५२६२१३००)

Copyright © 2016-2024 RatoPost | Powered By EasySoftnepal