News Portal

भारतबाटै आएका थिए लुम्बिनीका नौ जना नयाँ संक्रमित

रातोपोस्ट संवाददाता
५७६ पटक

काठमाडौं : मंगलबार कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएका रुपन्देहीका नौ जना भारतबाट नेपाल आएको खुलेको छ । उनीहरु लकडाउन भइसकेपछि नेपाल–भारत सीमामा आइपुगेका थिए ।

त्यहाँबाट सुरक्षाकर्मीलाई झुक्याएर उनीहरु नेपाल प्रवेश गरेको खुलेको छ । आठ दिनअघि उनीहरु लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

उनीहरुलाई नेपाल आएलगत्तै क्वारेन्टाइनमा राखिएको स्थानीय तहका अधिकारीहरुले जानकारी दिएका छन् ।

अब उनीहरुसँग आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्