News Portal

कोरोना सङ्क्रमितकाे संख्या चीनमा भन्दा भारतमा धेरै

रातोपोस्ट संवाददाता
५१२ पटक

काठमाण्डौ। कोरोना भाइसको उद्गमस्थलमा मानिएको चीनमा सङ्क्रमण विस्तारै कम हुँदै गएको छ तर छिमेकी देश भारतमा सङ्क्रमण दिनहुँ बढ्दै छ ।

पछिल्लो तथ्याङ्क हेर्दा चीनमा भन्दा भारतमा सङ्क्रमितको संख्या धेरै छ । भारतमा आज एकै दिन ३ हजार भन्दा धेरै जनालाई सङ्क्रमण भएको पाइएको छ । भारतमा अहिलेसम्म ८५ हजार ७ सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ३० हजार २ सय ३४ जना उपचार पछि निको भएका छन् । यस्तै, २७ सय जना भन्दा धेरैको ज्यान गएको छ ।

चीनमा भारतको भन्दा सङ्क्रमण दर कम छ । अहिलेसम्म चीनमा ८२ हजार ९ सय ३३ जना सङ्क्रमित छन् । चीनमा ७८ हजार भन्दा धेरै सङ्क्रमित उपचार पछि निको भएका छन् भने ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्