रातोपोस्ट संवाददाता
![](https://ratopost.com/wp-content/themes/ratopostv2/images/1px.gif)
काठमाडौं। नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको हो।
बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा र कपिलवस्तु सद्दोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५७ पुगेको छ।