News Portal

नेपालका कुन जिल्लामा कति संक्रमित ?

रातोपोस्ट संवाददाता
१०९८ पटक

काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ४० वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज (शनिवार) थपिएका ३२ जना संक्रमित सहित कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ४० जिल्लाहरूको विवरणः

पर्सा – ९१
रुपन्देही – ३७
उदयपुर – ३३
कपिलवस्तु – ७७
बाँके- ११५
काठमाडौं – १३
धादिङ – २
कैलाली – ७
बारा – ११
धनुषा – ९
रौतहट – २२
वाग्लुङ – २
चितवन ६
झापा – ३५
महोत्तरी- ३
भक्तपुर – ४
बर्दिया – २
भोजपुर – १
कञ्चनपुर – १
नवलपरासी – (पश्चिम) ६
सप्तरी- २
सर्लाही – ३२
नवलपरासी (पूर्व) – २
मकवानपुर- ३
दाङ – ५
काभ्रे- १
सिरहा – १
सिन्धुपाल्चोक – १
मोरङ – ५
धनकुटा – ७
गुल्मी – १
खोटाङ – १
दैलेख- १
सुनसरी – ३
ललितपुर- १
लमजुङ- १
रामेछाप – १
सिन्धुली – १
डडेलधुरा – १
बैतडी – १
जम्मा – ५४८

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको जेठ १० गतेसम्म ५ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ । नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङ्कङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

प्रतिकृया दिनुहोस्