News Portal

आज प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

रातोपोस्ट संवाददाता
४१० पटक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले सोमबार साँझ ५ : ३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। ‘५:३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने थापाले भने, त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।’

भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ। ओलीले नयाँ नक्साको कार्यन्वयन र अतिक्रमित भूमी प्राप्तिका लागि आवश्यक राजनीतिक वार्ता र कुटनीतिक पहलमा जोड दिँदै नेपाल-भारतबीचको सम्बन्धका बारेमा महत्वपूर्ण अभिव्यक्ति दिने बुझिएको छ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई सामना गर्न अपनाउनुपर्ने रणनीति, राहत र सावधानीबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ।
यसअघि २०६७ चैत ७ गते पनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए।

प्रतिकृया दिनुहोस्