News Portal

नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

रातोपोस्ट संवाददाता
५०८ पटक

काठमाडौं। नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १८३ पुगेको हो।

प्रतिकृया दिनुहोस्