News Portal

मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै

रातोपोस्ट संवाददाता
८९६ पटक

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्‍ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन्। बैठकमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकको निर्णय पेस गर्ने तयारी छ।

समितिले अर्को सातादेखि तेस्रो देशबाट नेपालीको उद्धार थाल्ने निर्णय लिएको थियो। आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने अनुमान छ।

विभिन्‍न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले यसअघि नै सिफारिस गरिसकेको छ। लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी छ।

प्रतिकृया दिनुहोस्