News Portal

फेरि थपिए १३ जना संक्रमित, नेपालमा संक्रमितको संख्या १,८११ पुग्यो

रातोपोस्ट संवाददाता
१४२४ पटक

काठमाडौं, १९ जेठ । नेपालमा आज (सोमबार) साँझ थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसहित नेपालमा संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ पठाएको विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो । यसअघि आजै २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्