News Portal

गण्डकी प्रदेश : थप १८ जनामा काेराेना सङ्क्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ६ हजार २२९ पुग्यो

रातोपोस्ट संवाददाता
४३८ पटक

काठमाडौं, असार २। थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार बिहान जारी सूचना अनुसार सो प्रदेशका ५ जिल्लामा थप संक्रमण पुष्टि भएको हो।

सूचना अनुसार, स्याङ्जामा ४ जना, गोरखामा १० जना, नवलपरासी पूर्वमा २ जना, कास्कीमा १ जना र बाग्लुङमा १ जना नयाँ संक्रमित पुष्टि भएको हो। नयाँ संक्रमितमध्ये एक जना महिला छन् भने बाँकी पुरुष हुन्।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२३ पुगेको छ। नेपालभर भने ६ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएको छ। नेपालभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ र १ हजार ४१ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया दिनुहोस्