News Portal

स्वास्थ्यकर्मीलाई कोरोना भेटिएपछि, अस्पतालका आकस्मिकबाहेक सबै सेवा बन्द

रातोपोस्ट संवाददाता
४८४ पटक

पाेखरा, असार ५ । पर्वतको पर्वत अस्पतालमा स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण (कोभिड–१९) भेटिएपछि अस्पतालले आकस्मिक सेवाबाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।

शुक्रबार बिहान विज्ञप्ति जारी गरी अस्पतालले आफ्ना ५ स्वास्थ्यकमीलाई कोभिड पुष्टि भएकाले आकस्मिकबाहेक अन्य सबै सेवा अर्काे सूचना नआउन्जेल बन्द गरिएको जानकारी दिएको हो।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिकृया दिनुहोस्