News Portal

कुवेतबाट आएका ७ जना महिलामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
६२८ पटक

काठमाडौं, असार ६। कुवेतबाट आएका थप ७ जना महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।

सङ्क्रमण पुष्टि हुनेहरुमा मोरङकी ४२ र ४१ वर्षीया, कास्कीकी २३ वर्षीया, नवलपरासीकी २९ वर्षीया, झापा, बारा र सुर्खेतकी २८ वर्षीया महिला रहेका छन् ।

प्रतिकृया दिनुहोस्